मंगलबार, भदौ २३, २०८३

एक हजार सापटी नदिंदा वृद्ध दाजुबहिनीको हत्या

खोटाङमा एक हजार रुपैयाँ सापटी नदिएको रिसमा एक युवकले वृद्ध दाजु बहिनीको हत्या गरेको खुलेको छ।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं– खोटाङमा एक हजार रुपैयाँ सापटी नदिएको रिसमा एक युवकले वृद्ध दाजु बहिनीको हत्या गरेको खुलेको छ।

घरभित्रै मृत भेटिएका जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयका वृद्धवृद्धाको स्थानीय एक युवकले पैसा सापटी नदिएकै झोकमा हत्या गरेको खुलेको हो।

प्रहरीका अनुसार जङ्गल नजिकै एकान्तमा घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी बहिनी ६७ वर्षीया गोपीमाया श्रेष्ठको शव भदौ १९ गते घरभित्रै भेटिएको थियो।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी नारायणप्रसाद चिमोरियाले स्थानीय ३३ वर्षीय दुर्गाबहादुर राईले पैसा सापटी नदिएकै झोकमा भदौ १७ गते राति उनीहरुको हत्या गरेको खुलेको जानकारी दिए।

श्रेष्ठ दाजुबहिनीको हत्या भएको तीन दिनपछि स्थानीयवासीले जानकारी दिएको आधारमा राईलाई प्रहरीले भदौ २० गते पक्राउ गरेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

राईले सापटी माग्दा बेलुकी दिन्छु भनेको र बेलुकी घरमा जाँदा नदिएपछि राति खुकुरीले हत्या गरेको बयान प्रहरीसमक्ष दिएका छन्।

राईले ईन्द्रबहादुरको खुकुरी प्रहार गरेर हत्या गरेपछि प्रतिकारमा उत्रिएकी बहिनी गोपीमायाको समेत हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ।

अभियुक्त राईले हत्यापछि गोपीमायाको थैलीमा भएको १२ हजार रुपैयाँ लुगाकपडा किन्न तथा मदिरा सेवनमा खर्च गरेको प्रहरीले जनाएको छ।

उनको साथबाट एक हजार १७० रुपैयाँ फेला परेको छ। राईलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।

प्रकाशित: Sep 08, 2020| 21:17 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।