मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्थानीय तहमा उदाहरणीय काम गर्न जनप्रतिनिधिलाई देउवाको निर्देशन

स्थानीय तहमा उदाहरणीय काम गर्न जनप्रतिनिधिलाई देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहमा उदाहरणीय काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन्।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहमा उदाहरणीय काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन्।

पार्टीको स्थानीय तह समन्वय विभागले मंगलबार आयोजना गरेको ‘सुदूरपश्चिम प्रदेशस्तरीय बैठक (भर्चुअल) लाई सम्बोधन गर्दै सभापति देउवाले जनप्रतिनिधिलाई उच्च मनोबलका साथ जनताको सेवामा समर्पित हुन निर्देशन दिएका हुन्।

‘स्थानीय तहले केन्द्र र प्रदेश सरकारबाट आवश्यकतानुसार स्रोत, साधन, बजेट, जनशक्ति समयमा पाउन सकेन। यी सबै काममा नेपाल सरकार पूर्णरुपले असफल भएको छ’, देउवाले उनले भने, ‘यी सबै प्रतिकूलतामा पनि उच्च मनोबलका साथ जनताको सेवामा समर्पित रहन आह्वान गर्दछु।’

आफूसँग भएको सीमित स्रोत र साधनले विकास निर्माणलगायत असीमित आवश्यकता र जनताका आकाक्षा पूरा गर्नुपर्ने चुनौतीपूर्ण अवस्थालाई आफूले बुझेको भन्दै देउवाले जनप्रतिनिधिहरुले अधिकार क्षेत्रभित्रको विषय र आफूले गर्न सक्ने काम ढिलो नगरी पारदर्शी र प्रभावकारी रुपले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए।

‘कतिपय काम आफ्नो अधिकार क्षेत्र र क्षमता बाहिरका छन् भने पनि माथिको तहसँग समन्वय र सिफारिस गरी जनताको सेवा गर्नुपर्दछ’, उनले भने।

स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको भन्दै उनले दिनानुदिन जनताका समस्यासँग साक्षात्कार गर्नुपर्ने बताए।

आफूसँग प्रत्यक्ष जोडिएको सरकार भएका कारण जनताले साना–ठूला सबै समस्या स्थानीय तहसामु राख्नु र समस्या समाधानको अपेक्षा राख्नु स्वाभाविक भएको सभापति देउवाको भनाइ थियो।

जनतामाझ पार्टीको छवि निर्माण गर्ने कार्यमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको महत्त्वपूर्ण भूमिका हुने भन्दै देउवाले जनताको सन्निकटता भएका कारण जनप्रतिनिधिका काम र व्यवहारलाई सबैले नजिकवाट हेरी मूल्यांकन गरिरहने पनि स्मरण गराए।

प्रकाशित: Sep 08, 2020| 19:10 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।