काठमाडौं– आज मंगलबार ३१ वटा जिल्लामा कोरोना संक्रमित थपिएनन्।
प्रदेश १ का ८ जिल्ला, बागमतीका २ जिल्ला, गण्डकीका ३ जिल्ला, प्रदेश ५ का ३ जिल्ला, कर्णालीका ८ जिल्ला र सुदूरपश्चिमका ७ जिल्लामा आज एक जना पनि कोरोना संक्रमित नथपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।
मन्त्रालयका अनुसार प्रदेश १ का सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, पाँचथर, खोटाङ, तेह्रथुम, धनकुटा र भोजपुरमा संक्रमित थपिएनन्। प्रदेश २का सबै जिल्लामा संक्रमित थपिएका छन्।
त्यस्तै बागमती प्रदेशका सिन्धुली र रसुवा, गण्डकीका म्याग्दी, मनाङ र मुस्ताङमा संक्रमित थपिएनन्। प्रदेश ५ का रुकुम पूर्व, पाल्पा र प्युठानमा संक्रमित नथपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।
त्यस्तै कर्णाली प्रदेशमा सल्यान, जाजरकोट, कालिकोट, जुम्ला, मुगु, डोल्पा, हुम्ला र रुकुम पश्चिम तथा सुदूरपश्चिमका दार्चुला, बैतडी, बझाङ, बाजुरा, डडेलधुरा, अछाम र डोटीमा संक्रमित थपिएका छैनन्।
४६ जिल्लामा थपिए संक्रमित
पछिल्लो २४ घण्टामा मुलुकका ४६ जिल्लामा कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा १६ जना, इलाममा एकजना, मोरङमा ५१ जना, ओखलढुंगामा १३ संक्रमित थपिएका छन्। यस्तै सुनसरीमा ३८ र उदयपुरमा दुई जना संक्रमित थपिएका छन्।
सप्तरीमा १८, सिराहामा चार र धनुषामा थप ३३ जनामा संक्रमण भएको छ।
महोत्तरीमा आज चार जना संक्रमित थपिएका छन्। सर्लाहीमा ६, बारामा १२, पर्सामा १४, रौतहटमा आठ जनामा संक्रमण भएको मन्त्रालयको विवरणमा उल्लेख छ।
बागमती प्रदेशका रामेछापमा आठ, दोलखामा दुई, भक्तपुरमा ५८ र धादिङमा आठ जना संक्रमित थपिएका छन्।
आज सबैभन्दा बढी काठमाडौंमा काठमाडौंमा ३००, काभ्रेपलाञ्चोकमा दुई, ललितपुरमा १७ र नुवाकोटमा तीन जनामा संक्रमण भएको छ।
सिन्धुपाल्चोकमा एक, चितवनमा २० र मकवानपुरमा २४ संक्रमित थपिएका छन्।
गण्डकी प्रदेशको बागलुङमा १०, गोरखामा पाँच र कास्कीमा ३० जना संक्रमित थपिएका छन्। लमजुङमा दुई, नवलपुरासी पूर्वमा सात, पर्वतमा एक, स्याङ्जामा एक र तनहुँमा तीन जनामा संक्रमण भएको छ।
प्रदेश ५ का कपिलवस्तुमा एक, नवलपरासीमा एक, रुपन्देहीमा २१ जना संक्रमित थपिएका छन्। यस्तै अर्घाखाँचीमा एक, गुल्मीमा एक, दाङमा तीन र रोल्पामा एक जना संक्रमण भएको छ भने बाँकमा पाँच तथा बर्दियामा थप सात जनामा संक्रमण भएको छ।
दैलेखमा एक र सुर्खेतमा १८ जनामा संक्रमण भएको छ। कञ्चनपुरमा नौ तथा कैलालीमा ७७ जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।
यसरी पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये ३०७ जना महिला र ५९५ जना पुरुष छन्।
