काठमाडौं– मंगलबार ८ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सुनसरी, धनुषा र सर्लाहीमा ५०० भन्दा बढी संक्रमित छन्।
त्यस्तै काठमाडौं, ललितपुर, चितवन र रुपन्देहीमा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।
६ जिल्लामा भने सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ। मन्त्रालयका अनुसार ताप्लेजुङ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला संक्रमणमुक्त भएका छन्।
