शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ४६ जिल्लामा थपिए संक्रमित, सबैभन्दा बढी काठमाडौंमा ३०० जना

४६ जिल्लामा थपिए संक्रमित, सबैभन्दा बढी काठमाडौंमा ३०० जना

पछिल्लो २४ घण्टामा मुलुकका ४६ जिल्लामा कोरोना संक्रमित थपिएका छन्।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका ४६ जिल्लामा कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा १६ जना, इलाममा एकजना, मोरङमा ५१ जना, ओखलढुंगामा १३ संक्रमित थपिएका छन्।

यस्तै सुनसरीमा ३८ र उदयपुरमा दुई जना संक्रमित थपिएका छन्।

सप्तरीमा १८, सिराहामा चार र धनुषामा थप ३३ जनामा संक्रमण भएको छ।

महोत्तरीमा आज चार जना संक्रमित थपिएका छन्। सर्लाहीमा ६, बारामा १२, पर्सामा १४, रौतहटमा आठ जनामा संक्रमण भएको मन्त्रालयको विवरणमा उल्लेख छ।

बागमती प्रदेशका रामेछापमा आठ, दोलखामा दुई, भक्तपुरमा ५८ र धादिङमा आठ जना संक्रमित थपिएका छन्।

आज सबैभन्दा बढी काठमाडौंमा काठमाडौंमा ३००, काभ्रेपलाञ्चोकमा दुई, ललितपुरमा १७ र नुवाकोटमा तीन जनामा संक्रमण भएको छ।

यस्तै सिन्धुपाल्चोकमा एक, चितवनमा २० र मकवानपुरमा २४ संक्रमित थपिएका छन्।

गण्डकी प्रदेशको बागलुङमा १०, गोरखामा पाँच र कास्कीमा ३० जना संक्रमित थपिएका छन्। लमजुङमा दुई, नवलपुरासी पूर्वमा सात, पर्वतमा एक, स्याङ्जामा एक र तनहुँमा तीन जनामा संक्रमण भएको छ।

प्रदेश ५ का कपिलवस्तुमा एक, नवलपरासीमा एक, रुपन्देहीमा २१ जना संक्रमित थपिएका छन्।

यस्तै अर्घाखाँचीमा एक, गुल्मीमा एक, दाङमा तीन र रोल्पामा एक जना संक्रमण भएको छ भने बाँकमा पाँच तथा बर्दियामा थप सात जनामा संक्रमण भएको छ।

दैलेखमा एक र सुर्खेतमा १८ जनामा संक्रमण भएको छ। कञ्चनपुरमा नौ तथा कैलालीमा ७७ जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।

यसरी पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये ३०७ जना महिला र ५९५ जना पुरुष छन्।

प्रकाशित: Sep 08, 2020| 16:55 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।