काठमाडौं– मंगलबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९५ हजार ८०० कायम भएको छ। सोमबार ९६ हजार १०० मा कारोबार भएको थियो।
त्यस्तै तेजाबी सुनको मूल्य पनि घटेको छ। सोमबार ९५ हजार ६०० मा कारोबार भएको तेजाबी सुन आज ९५ हजार ३०० मा कारोबार भइरहेको छ।
चाँदीको मूल्य तोलाको १० रुपैयाँ घटेको छ। आज एक हजार ३१० तोकिएको छ। सोमबार भने एक हजार ३२० मा कारोबार भएको थियो।