शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखराका ५ सहित गण्डकी प्रदेशमा थपिए ११ कोरोना संक्रमित

पोखराका ५ सहित गण्डकी प्रदेशमा थपिए ११ कोरोना संक्रमित

गण्डकी प्रदेशको राजधानी पोखरामा ५ जना सहित प्रदेशभर थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

पोखरा- गण्डकी प्रदेशको राजधानी पोखरामा ५ जना सहित प्रदेशभर थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवन तथा चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा पोखराका ५ र नवलपरासी पूर्वसुस्ताका ६ गरी गण्डकी प्रदेशमा थप ११ जनाका कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमा पोखरा वडा नं १२ का दुईजना पुरुष र वडा नं १४ , १५ र २७ का एक/एक जना पुरुष रहेको छन् । उनीहरु सबै आफै पिसिआर परिक्षण गराउन गएकाहरु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यसैगरीनवलपरासी पूर्वसुस्ताका ६ जना नयाँ संक्रमित मध्ये गैडाकोट नगरपालिकाका तीन जना महिला र दुई जना पुरुष गरी पाँचजना छने भने कावासोती नगरपालिकाका एक जना महिलामा कोरोना संक्रमण पुष्टिभएको छ ।

नवलपरासी जिल्लाका सबै व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा राखिसकिएको छ भने कास्की पोखराका सबै व्यक्तिलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६१२ पुगेको छ ।

प्रकाशित: Sep 08, 2020| 11:06 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।