शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुरक्षाकर्मीसहित पर्सा, बारा र रौतहटमा थप २९ जनामा कोरोना पुष्टि

सुरक्षाकर्मीसहित पर्सा, बारा र रौतहटमा थप २९ जनामा कोरोना पुष्टि

सेना र प्रहरीसहित पर्सा, बारा र रौतहट जिल्लामा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

वीरगन्ज- सेना र प्रहरीसहित पर्सा, बारा र रौतहट जिल्लामा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

वीरगञ्जको नारायणी अस्पतालमा सोमबार राति गरिएको परीक्षणमा प्रदेश २ का तीन जिल्लामा थप २९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी दिए ।

संक्रमण देखिनेमा पर्साका १३ जना, बाराका ९ र रौतहटका ७ जना रहेका छन् । प्रयोगशालामा सोमबार राति कुल ५ सय ८० जनाको स्वाब परीक्षण गरिएकोमा २१ जना पुरुष र ८ महिलाहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा १९ वर्षदेखि ६० वर्षका समेत रहेका छन् । पर्साका १३ जना संक्रमितमध्ये वीरगन्ज स्थित तराई अस्पतालका ३ जना रहेका हुन्।

वीरगन्ज महानगरपालिका वडा नम्बर १०, १३, १२ र १६ का एक÷एक जना गरि ४ जना छन् । पर्साको कालिकामाइ गाउँपालिका र सखुवा प्रसौनी गाउँपालिकाका २/२ जनामा संक्रमण देखिएको छ भने एक जना वीरगन्ज आर्मी ब्यारेकका छन्।

यस्तै बाराका ९ जना संक्रमितमध्य बारागढी गाउँपालिकाका ४ जना कोरोना भाइरस पुष्टि भएको छ भने एक जना इलाका प्रहरी कार्यालय बारागढीका प्रहरी छन् ।

संक्रमित हुनेमा कलैया उपमहानगरपालिका २ जना र बाराका अन्य ठाउँका २ जना रहेका छन । रौतहट गरूडा प्रहरी कार्यालयमा ७ जना संक्रमण थपिएको छ ।

प्रकाशित: Sep 08, 2020| 09:12 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।