शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कित्ताकाट फुकुवाको निर्णय खारेज गर्न सत्तारुढ दल निकट किसान महासंघको माग

कित्ताकाट फुकुवाको निर्णय खारेज गर्न सत्तारुढ दल निकट किसान महासंघको माग

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको किसान महासंघले भूमाफिया र दलाल पोस्ने गरी सरकारले खेतीयोग्य जमिनको कित्ताकाट खुल्ला गरेको बताएको छ।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको किसान महासंघले भूमाफिया र दलाल पोस्ने गरी सरकारले खेतीयोग्य जमिनको कित्ताकाट खुल्ला गरेको बताएको छ।

किसान विरोधी निर्णय भन्दै अखिल नेपाल किसान महासंघले तत्काल निर्णय सच्याउन माग गरेको छ। किसान महासंघका संयोजक हरि पराजुली र सहसंयोजक चित्रबहादुर श्रेष्ठले जारी गरेको संयुक्त विज्ञप्तिमा ‘विगतको निर्णय उल्टाउँदै कृषि भूमिको समेत पुनः कित्ताकाट सुरु हुनुले नेपाली किसानहरुको नेतृत्वदायी संगठनको रुपमा अखिल नेपाल किसान महासंघका साथै देशभरका सम्पूर्ण देशभक्त नेपाली किसानहरुलाई दुःखी र आक्रोशित बनाएको छ,’ उल्लेख गरिएको छ।

कित्ताकाट फुकुवा गर्ने निर्णय किसान विरोधी भएको भन्दै महासंघले यस्ता निर्णय तत्काल रोक्न माग गरेको छ। कृषि भूमिको कित्ताकाट र खण्डीकरण तत्काल रोक्न र वैज्ञानिक भूउपयोग सम्बन्धी आवश्यक नियमावली तथा निर्देशिकाहरु यथाशीघ्र जारी गरी वैज्ञानिक भूउपयोग ऐनको अबिलम्ब कार्यान्वयन गर्न विज्ञप्तिमार्फत माग गरिएको छ।

नेपाल सरकारलाई यस्ता किसानविरोधी हर्कतहरु नदोहोर्यान सजग गराउँदै विज्ञप्तिमा कृषि भूमिलाई खण्डीकरण गर्ने, गैरकृषि क्षेत्रमा उपयोग हुने अवस्था सिर्जना गर्ने, कृषि भूमिलाई व्यापारको वस्तु बनाउने, गरिब किसानहरुलाई आफ्नो जमिन बलजफ्ती सस्तोमा बेच्न बाध्य बनाई भूमाफिया तथा दलालहरुलाई पोस्ने र नेपाललाई खाद्य संकटको दिशातर्फ उन्मुख गराउने काम भएको उल्लेख छ।

मुलुकको सम्पूर्ण भूमिको वर्गीकरण गरेर सोही अनुसार उच्चतम प्रतिफल प्राप्त हुने गरी वैज्ञानिक उपयोग गर्नका लागि सरकारले भूउपयोग ऐन जारी गरेको लामो समय हुँदासमेत त्यसको कार्यान्वयनका लागि आवश्यक पर्ने भूउपयोग नियमावलीहरु जारी गरी लागू गर्नेपर्नेमा हालसम्म पनि त्यसो नगरिनुबाट आम नेपाली किसानहरु सशंकित रहेको किसान महासंघले जनाएको छ।

सरकारले ३ वर्ष पहिले गरेको खेतीयोग्य जमिनको कित्ताकाट रोक्का सम्बन्धि निर्णय गत बिहिबारको मन्त्रिपरिषद बैठकबाट फुकुवा गर्ने निर्णय गरेको थियो। भूमाफिया र दलालहरुको लबिङमा सरकारले कित्ता काट फुकुवाको निर्णय गरेको भन्दै चौतर्फी बिरोध भैरहेको छ।

प्रकाशित: Sep 08, 2020| 09:08 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।