शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रेसको नाममा नक्कली कार्ड बोक्ने र छाप्नेविरुद्ध प्रहरीले थाल्यो कारबाही, ३ जना पक्राउ

प्रेसको नाममा नक्कली कार्ड बोक्ने र छाप्नेविरुद्ध प्रहरीले थाल्यो कारबाही, ३ जना पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले बागबजार स्थित कालिका प्रिन्टिङमा नक्कली प्रेस कार्ड बनाइएको भेटिएपछि तीन जनालाई नियन्त्रणमा लिएको हो।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं– नक्कली प्रेस कार्ड बनाइ विक्री गर्ने ३ जनालाई प्रहरीले बागबजारबाट पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले बागबजार स्थित कालिका प्रिन्टिङमा नक्कली प्रेस कार्ड बनाइएको भेटिएपछि तीन जनालाई सोमबार बेलुकी नियन्त्रणमा लिएको हो।

महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा कालिका प्रिन्टिङका सञ्चालक लक्ष्मण न्यौपाने, शिबराम खड्का र सक्षम खडका छन्।

उनीहरुसहित कार्ड बनाउन प्रयोग हुने कम्प्युटर, प्रिन्टर, लेमिनेशन मेसिन, कटिङ मेसिन लगायतका उपकरणहरु सहित डेलिभरी गर्न ठिक्क पारिएको अवस्थामा रहेका १५ थानभन्दा बढी प्रेस कार्ड तथा अन्य थुप्रै नक्कली कार्डहरु प्रहरीले नियन्त्रणमा लिएको कार्कीले जानकारी दिए।

प्रति कार्डको ५०० सय र होम डेलिभरीको थप एक सय गरी ६ सयमा प्रेस कार्ड बनाउदै आएको खुलेको छ।

पछिल्लो समय मुलुकमा जारी लकडाउनको समयमा प्रेस कार्ड तथा प्रेस ज्याकेटको दुरुपयोग हुने गरेको पाइएपछि महाशाखाको टोलीले अनुसन्धान थालेको थियो।

यस्तै सामाजिक सञ्जालमा पोष्ट नै गरेर कार्ड विक्रि भनी पोष्ट गरेको फेला परेको थियो। सामाजिक सञ्जाल फेसबुकको म्यासेजबाट डकुमेन्ट (नाम र फोटो) मगाउने र कार्ड बनाएर होम डेलिभरी गर्ने गरेको पत्ता लागेको प्रहरीले जनाएको छ।

उक्त छापाखानामा छापा मार्ने क्रममा ह्याम्स हस्पिटलको कार्ड समेत दुरुपयोग गरिएको पाइएपछि हस्पिटलको कार्ड दुरुपयोग गर्ने थप एक जनालाई समेत महाशाखाले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Sep 08, 2020| 07:26 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।