बारामा थप एक जना कोरोना संक्रमितको मृत्युु भएको छ।
वीरगन्ज हेल्थ केयरमा भर्ना भएका बारा जिल्ला महागढीमाई नगरपालिका वडा नम्बर १० गञ्जभवानीपुरका ६० वर्षिय पुरूषको मृत्युु भएको नारायणी अस्पतालले जनाएको छ।
अस्पतालका चिकित्सक तथा प्रवक्ता डा अतुलेश चौरसियाका अनुसार सुगरका बिरामी रहेका उनमा रूघाखोकी, ज्वरो, सास फेर्न गाह्रो हुने समस्या देखिएको थियो।
भदौ १४ गते अस्पताल भर्ना भएका ती पुरूषको उपचारको क्रममा मृत्युु भएको हो। योसँगै बारामा मृत्यु हुनेको संख्या १९ पुगेको छ।
