काठमाडौं- उपत्यकाका १९ वटा अस्पतालमा १ हजार ८३२ जना कोरोना संक्रमित उपचाररत छन्। उनीहरुमध्ये आइसोलेसनमा १ हजार ७२२, आइसीयुमा ९४ र भेन्टिलेटरमा १६ जना उपचारत छन्।
१९ अस्पतालमध्ये सबैभन्दा धेरै संक्रमित नेपाल प्रहरी अस्पतालमा छन्। उक्त अस्पतालमा ३६८ जना संक्रमित उपचाररत छन्।
त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा जम्मा ४५ जना उपचाररत रहेकोमा १८ जना आइसीयु र ४ जना भेन्टिलेटरमा छन्।
सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा ९ जना संक्रमित आइसीयुमा र १ जना भेन्टलेटरमा गरी जम्मा १८९ जना संक्रमितहरु उपचाररत छन्।
त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ५७ जना कोरोना संक्रमित उपचाररत भएकोमा ५ जना आइसीयु र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयको तथ्यांक छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा १०३ जना संक्रमितमध्ये ८ जना आइसीयु र २ जना भेन्टिलेटरमा छन् भने कीर्तिपुर आर्युवेदिक अस्पतालमा २०० संक्रमित उपचाररत छन्। उक्त अस्पतालमा कोही पनि संक्रमितलाई आइसीयु र भेन्टिलेटरको आवश्यकता परेको छैन।
काठमाडौं मेडिकल कलेजमा जम्मा १७ जना संक्रमितमध्ये ३ जना आइसीयुमा छन् भने धुलिखेल अस्पतालमा २३ जना संक्रमितमध्ये १ जनामात्रै आइसीयुमा उपचाररत छन्।
त्यस्तै श्री वीरेन्द्र सैनिक अस्पतालमा ११९ आइसोलेसन र २६ जना आइसियुमा सहित १ सय ४५जना संक्रमित उपचाररत छन्।
भक्तपुर अस्पताल कोभिड उपचार केन्द्रमा जम्मा १० जना, खरिपाटी आइसोलेसन सेन्टरमा ८४ जना, स्पाइलन इन्जुरी पुनर्स्थापना केन्द्र काभ्रेमा ९६ जना संक्रमित आइसोलेसनमा छन्। ती अस्पतालहरुमा कुनै पनि संक्रमितलाई आइसीयु र भेन्टिलेटरको आवश्यकता परेको छैन।
त्यस्तै वीर अस्पतालमा ६७ जना संक्रमितमध्ये जम्मा ३ जना आइसीयुमा छन्। वीर अस्पतालमा हाल कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्।
इचंगुनारायण आइसोलेसन सेन्टर रानीवनमा ६३ जना, महेश मनमोहन अस्पताल दहचोकमा २२६ जना, शीर मेमोरियल इडभेन्टिस्ट अस्पताल बनेपामा ८ जना संक्रमितहरु आइसोलेसनमा छन्।
त्यस्तै ग्राण्डी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा २५ जना संक्रमित उपचाररत छन् उनीहरुमध्ये १८ जना आइसोलेसनमा, २ जना आइसीयुमा र ५ जना भेन्टिलेटरमा छन् भने मेघा अस्तालमा ५३ जना संक्रमित उपचाररत भएकोमा ८ जना आइसीयुमा रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै ह्याम्स अस्पतालमा जम्मा ४८ जना संक्रमित उपचाररत भएकोमा ३६ जना आइसोलेसनमा, ९ जना आइसीयुमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन्।
