शुक्रबार, भदौ १२, २०८३

मोरङमा भदौ २८ सम्म निषेध आदेश

मोरङमा खुकुलो प्रावधानसहित भदौ २८ गतेसम्म निषेध आदेश थपिएको छ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

विराटनगर– मोरङमा खुकुलो प्रावधानसहित भदौ २८ गतेसम्म निषेध आदेश थपिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक सवारीसाधन सञ्चालन गर्न नपाउने गरी सोमबार भदौ २८ गतेसम्म निषेध आदेश थप गरेको जनाएको हो।

निषेध आदेश अवधिमा सार्वजनिक यातायात, होटल, सैलुन, हाटबजार र सभासमारोहबाहेक सबै खुला हुनेछ। यसअघि दैनिक चार बजेसम्म खुला गरिएको बजार अब ७ बजेसम्म खुल्ने भएको छ।

होटल र रेस्टुरेन्ट पनि ग्राहक नराखी टेकअवे वा होम डेलिभरी गर्ने गरी सञ्चालन गर्न पाउने भएका छन्। सो अवधिमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा भने प्रतिबन्ध लगाएको प्रशासनले जनाएको छ।

कोरोना महामारी अझै नियन्त्रणमा नआएको र निषेध आदेशले दैनिक जनजीवन पनि कष्टकर भइरहेकाले जीवनयापन सहज बनाउने गरी निषेध आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।

प्रकाशित: Sep 07, 2020| 18:38 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।