शुक्रबार, भदौ १२, २०८३

कैद भुक्तानका लागि वडाध्यक्ष थुनामा

किर्ते नागरिकता बनाउन सहयोग पुर्‍याएको आरोपमा तनहुँ जिल्ला अदालतबाट दोषी ठहर भएका भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्ल कैद भुक्तानका लागि कारागार चलान भएका छन्।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

तनहुँ- किर्ते नागरिकता बनाउन सहयोग पुर्‍याएको आरोपमा तनहुँ जिल्ला अदालतबाट दोषी ठहर भएका भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्ल कैद भुक्तानका लागि कारागार चलान भएका छन्।

विसं २०५४ मा साविक गजरकोट गाउँ विकास समिति-४ का अम्बरबहादुर थापाका छोरा राजुलाई सोही ठाउँका होमबहादुर थापाका छोरा भन्ने झुठो विवरण बनाई नागरिकताको प्रमाणपत्र निकाल्न सहयोग गरेको आरोपमा वडाध्यक्ष मल्ल आज कारागार चलान भएका हुन्। वडाध्यक्ष मल्ललाई प्रहरीले आज (सोमबार) पक्राउ गरेको थियो।

जिल्ला अदालतका निमित्त श्रेस्तेदार जीवनकुमार पौडेलले मल्ललाई कैद भुक्तानका लागि कारागार चलान गरिएको जानकारी दिए। मल्लविरुद्ध जिल्ला अदालतले विसं २०५५ वैशाख २ गते दोषी ठहर गरी एक वर्ष कैदको फैसला सुनाएको थियो।

अदालतको फैसलापछि पनि मल्ल पक्राउ पक्राउ परेका थिएनन्। उनी नेपाली कांग्रेसका तर्फबाट गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए।

वडाध्यक्ष मल्लविरुद्ध बेलायती सेनाका लाहुरे होमबहादुरलाई रु. २ लाख दिई राजुलाई उनको छोरा भनी जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र बनाउन सेटिङ मिलाएको आरोप लागेको थियो। रासस

प्रकाशित: Sep 07, 2020| 18:30 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।