शुक्रबार, भदौ १२, २०८३

प्रदेश १ मा १ लाखको पीसीआर परीक्षण

प्रदेश १ मा १ लाखभन्दा बढीको पीसीआर परीक्षण भएको छ। आजसम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

विराटनगर– प्रदेश १ मा १ लाखभन्दा बढीको पीसीआर परीक्षण भएको छ। आजसम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सोमबार १ हजार ८६० जनाको परीक्षण भएको छ। हालसम्म परीक्षण गरिएका मध्ये ९६ हजार १७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ। पीसीआर परीक्षण गरिएका मध्ये ४ हजार १७७ को पोजेटिभ रिपोर्ट आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४० हजार ६४३, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ३१ हजार ३४३, कोशी अस्पताल विराटनगरबाट २५ हजार ४३६, मेची अस्पताल झापाबाट २ हजार ८९१ र अन्य प्रयोगशालाबाट ३५ जनाको परीक्षण भएको छ।

प्रदेश १ मा मोरङमा सबैभन्दा बढी ३१ हजार २६७ जनाको परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये २ हजार ४५ जनामा संक्रमण देखिएको छ। सुनसरीमा २३ हजार ६७९ र झापामा २३ हजार ५८५ जनाको परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ४ वटा प्रयोगशालाबाट अहिले पीसीआर परीक्षण हुँदै आएको छ। वीपीमा गत चैत १८, कोशीमा चैत २९, प्रदेश जनस्वास्थ्य प्रयोगशालाले वैशाख १९ र मेची अस्पतालले साउन ३० गते बाट पीसीआर परीक्षण शुरु गरेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित: Sep 07, 2020| 17:43 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।