शुक्रबार, भदौ १२, २०८३

यी ३२ जिल्लामा थपिएनन् आज संक्रमित

आज (सोमबार) विभिन्न ३२ जिल्लामा कोरोना संक्रमितहरु थपिएका छैनन्।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

काठमाडौं- आज (सोमबार) ३२ जिल्लामा कोरोना संक्रमितहरु थपिएका छैनन्।

प्रदेश १ का ७ जिल्ला, प्रदेश २ र बागमती प्रदेशका ३–३ जिल्ला, गण्डकीका ५ जिल्ला, प्रदेश ५ का ४ जिल्ला, कर्णलीका ५ जिल्ला र सुदूरपश्चिमका ५ जिल्लामा आज एक जना पनि कोरोना संक्रमित नथपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।

प्रदेश १ का संखुवासभा, ताप्लेजुङ, ओखलढुंगा, खोटाङ, तेह्रथुम, धनकुटा र इलाममा एक जना पनि संक्रमितहरु थपिएनन्। त्यस्तै प्रदेश २ को रौतहट, बारा र पर्सा, बागमती प्रदेशका रामेछाप, नुवाकोट र रसुवामा संक्रमितहरु थपिएका छैनन्।

त्यस्तै गण्डकीका स्याङ्जा, बागलुङ, म्याग्दी, मनाङ र मुस्ताङमा पनि आज संक्रमित थपिएनन् भने भने प्रदेश ५ का दाङ, रोल्पा, रुकुमपूर्व र अर्घखाँचीमा संक्रमित नथपिएको मन्त्रालयको तथ्यांक छ।

त्यस्तै कर्णाली प्रदेशका सल्यान, मुगु, डोल्पा, हुम्ला र रुकुम पश्चिम जिल्लामा आज एक जना पनि संक्रमित थपिएनन्। सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेलधुरा, अछाम र डोटीमा कुनै पनि संक्रमित थपिएका छैनन्।

प्रकाशित: Sep 07, 2020| 17:25 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।