शुक्रबार, भदौ १२, २०८३

कैलालीमा एकै दिन ६३ सैनिकमा कोरोना पुष्टि

कैलालीमा कार्यरत ६३ सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

धनगढी- कैलालीमा कार्यरत ६३ सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार भएको परीक्षणमा ६३ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको लम्कीचुहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले बताए।

कोरोना संक्रमण पुष्टि भएका सबै सैनिक मोहन्याल गाउपालिका वडा नम्बर ७ गोरङ्गेमा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेमा कार्यरत रहेको स्वास्थ्य शाखा प्रमुख बिसिले बताए।

यसअघि शिक्षालयमा कार्यरत ४ जनामा सेनामा संक्रमण पुष्टि भएपछि २४५ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइएको थियो।

(ब्यारेक रहेको स्थान कुन स्थानीय तहमा पर्छ भन्नेबारे मोहन्याल गाउँपालिका र लम्की चुहा नगरपालिकाबीच विवाद छ।)

प्रकाशित: Sep 07, 2020| 17:05 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।