शुक्रबार, भदौ १२, २०८३

एउटै स्थानीय तहका ६३ जना पुरुषमा कोरोना पुष्टि

एउटै स्थानीय निकायमा ६३ सहित आज (सोमबार) कैलाली र कञ्चनपुरमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

धनगढी- एउटै स्थानीय निकायमा ६३ सहित आज (सोमबार) कैलाली र कञ्चनपुरमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ४४५ जनाको परीक्षणमा कैलालीका ७१ र कञ्चनपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो।

एकै दिन कैलालीको लम्की चुहा नगरपालिकाका ६३ जना पुरुषमा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

सूचना अधिकारी श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिका–५ का ४ जना, वडा नम्वर २ का २ जना, वडा नम्वर १३ का १ जना र घोडाघोडी नगरपालिकाका १ जना तथा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित: Sep 07, 2020| 16:55 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।