शुक्रबार, भदौ १२, २०८३

आज ९७९ जनामा कोरोना पुष्टि, १ हजार ७३६ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको छ।

पछिल्लाे २४ घण्टामा ९ हजार २१८ जनाकाे पीसीआर परीक्षण गरिएकाे छ। याे सहित नेपालमा अहिलेसम्म ७ लाख ७७ हजार ५६३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाानकारी दिएकाे छ।

हाल नेपालमा सक्रिय संक्रमित १६ हजार २५९ रहेका छन्। जसमध्ये ९ हजार ६९ जना संस्थागत आइसोलेसनमा ७ हजार १९० जना रहेका छन्।

पछिल्लो २४ घण्टामा १ हजार ७३६ जना डिस्चार्ज भएका छन्। नेपालमा कोरोना संक्रमण भएर उपचारपछि निको हुनेको संख्या ३० हजार ६७७ पुगेको छ। यो ६५ प्रतिशत हो।

अहिले देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा ४ हजार ७३९ जना छन्।

पछिल्लाे २४ घण्टामा काेराेनाबाट ११ जनाकाे मृत्यु भएसँगै कुल मृतककाे संख्या ३०० पुगेकाे छ।

प्रकाशित: Sep 07, 2020| 16:27 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।