शुक्रबार, भदौ १२, २०८३

बाँकेको खजुरा क्षेत्रमा ५ दिन निषेध आदेश जारी

कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि बाँकेको खजुरा गाउँपालिका क्षेत्रभित्र ५ दिनका लागि निषेध आदेश जारी गरिएको छ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

काठमाडौं– कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि बाँकेको खजुरा गाउँपालिका क्षेत्रभित्र ५ दिनका लागि निषेध आदेश जारी गरिएको छ।

गाउँपालिकाको आग्रहमा जिल्ला प्रशासन कार्यलय बाँकेले सोमबार राति १२ बजेदेखि २७ गते राति १२ बजेसम्मका लागि निषेध आदेश जारी गरेको हो।

खजुरा गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकको निर्णयका आधारमा निषेध आदेश जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।

नेपालगन्ज–गुलरिया सडक खण्डको कपास विकास समितिदेखि वीपी प्रतिक्षालयसम्म र सो सडकको दायाँबायाँ ५ सय मिटरसम्म पर्ने सबै वडामा लागु हुने गरी निषेध आदेश जारी गरिएको छ।

स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, औषधि पसल, पेट्रोलियम पदार्थ, एटिए, हेरी जस्ता अत्यावश्य सेवा भने खुल्ला नै रहने प्रशासनले जनाएको छ। यस्तै अत्यावश्यक सेवाका सवारीसाधन पनि सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ।

त्यसबाहेक निषेध आदेश उल्लंघन गर्नेलाई संक्रामण रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गरिने प्रशासनले जनाएको छ।

 

प्रकाशित: Sep 07, 2020| 14:39 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।