शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अवैध काठ नियन्त्रणमा लिँदा प्रहरीमाथि स्थानीयको आक्रमण

अवैध काठ नियन्त्रणमा लिँदा प्रहरीमाथि स्थानीयको आक्रमण

धनुषामा आइतबार राति सखुवाको काठ प्रहरीले नियन्त्रणमा लिएपछि झडप हुँदा प्रहरी निरीक्षक र जवान घाइते भएका छन्।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

काठमाडौं– धनुषामा आइतबार राति सखुवाको काठ प्रहरीले नियन्त्रणमा लिएपछि झडप हुँदा प्रहरी निरीक्षक र जवान घाइते भएका छन्।

धनुषाको बटेश्वर गाउँपालिका–५ मा प्रहरी र स्थानीय बासिन्दाबीच काठको विषयमा विवाद हुँदा स्थानीयको आक्रमणबाट प्रहरी घाइते भएका हुन्।

घाइते हुनेमा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक दीपककुमार राय र प्रहरी जवान रामविश्वास पण्डित रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

उनका अनुसार बटेश्वरमा सखुवाको ८ वटा गोलिया काठ प्रहरीले नियन्त्रणमा लिँदा करिब ६०–७० जना स्थानीयले ढुंगामुढा गर्दा प्रहरी निरीक्षकको आँखामा र प्रहरी जवान पण्डितको टाउकोमा चोट लागेको छ।

ढुंगा प्रहार गरेर स्थानीय भागेको प्रहरीले जनाएको छ।

घाइते दुवैजनाको उपचार महेन्द्रनगरमै भइरहेको धनुषा प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 07, 2020| 13:06 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।