काठमाडौं- रिद्धिसिद्धि सिमेन्टले कोरोना संक्रमण भइ हाल हेटाैंडाकाे गौरीटार आइसोलेसन वार्डमा रहेका ६२ जना संक्रमितलाई विभिन्न सामग्री सहयाेग गरेकाे छ।
कम्पनीले उनीहरुलाई फलफूल, रोग प्रतिरोधात्मक शक्ति बढाउने खालका खाद्य सामग्री र आइसोलेसनमा रहँदा परिवारसँग निरन्तर सम्पर्कमा रहन नेपाल टेलिकमको २०० रूपैयाँ बराबरको रिचार्जकार्ड र एक थान तातोपानी खाने कपलगायत सामग्री वितरण गरेको हाे।
हेटौंडा उपमहानगरपलिकाका प्रमुख हरिबहादुर महतले संक्रमितहरुको हौसला बढाउँदै सचेत रहि स्वस्थ खानपिन एंव नियमित व्यायाम गर्ने हो भने कोरोनामात्रै हैन भविष्यमा समेत सजिलै कुनै रोगको शिकार हुनु नपर्ने बताए।
