शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लाइन जजलाई बलले हिर्काएपछि जोकोविच यूएस ओपनबाट निकालिए

लाइन जजलाई बलले हिर्काएपछि जोकोविच यूएस ओपनबाट निकालिए

विश्व टेनिस बरियताका नम्बर वान प्लेयर नोभाव जोकोविच जारी यूएस ओपन टेनिसमा डिस्क्वालिफाइड भएका छन्।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

काठमाडौं- विश्व टेनिस बरियताका नम्बर वान प्लेयर नोभाव जोकोविच जारी यूएस ओपन टेनिसबाट निकालिएका छन् ।

चाैथो राउन्डको खेलमा लाइन जजलाई टेनिस बलले हिर्काएपछि निकालिएका भएका हुन्।

स्पेनका पावलो क्यारेनो बुस्टासँग ६–५ अन्तरले पछि परेपछि आक्रोशित भएका ३३ वर्षे जोकोविचले गोजीबाट बल निकालेर जर्जलाई प्रहार गरेका थिए, दुर्घटनाबस बलले एक महिला जर्जको घाँटीमा लाग्न पुग्यो। उक्त घटनापछि जोकोविचलाई प्रतियोगिताबाट निकालिएको थियो ।

‘ग्राण्डस्लमको रुलबुक अनुसार उनले जानाजान र खतरनाक तरिकाले हिर्काउने र कोर्टमा लापरवाही तरिकाले खेलेका कारण रेफ्रीहरुले उनलाई यूएस ओपन २०२० बाट बाहिर पठाएका छन्,’ युनाइटेड टेनिस संघले जारी गरेको एक सूचनामा भनिएको छ।

जोकोविचले यूएस ओपनमा प्राप्त गरेको रेंकिङ पोइन्ट पनि गुमाउने भएका छन्। साथै उनले प्रतियोगितामा जितको रकम पनि जरिवानास्वरुप फिर्ता गर्नुपर्ने भएको छ।

जोकोविचलाई प्रतियोगिताको सम्भावित विजेताको रुपमा हेरिएको थियो।

प्रकाशित: Sep 07, 2020| 07:54 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।