शुक्रबार, भदौ १२, २०८३

कोरोना संक्रमणमा भारतले ब्राजिललाई पनि उछिन्यो

करिब १ अर्ब ३८ करोड जनसंख्या भएको देश भारतमा दैनिक १० लाखको हाराहारीमा कोरोना परीक्षण हुन्छ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

कोरोना भाइरस संक्रमणमा भारतले ब्राजिललाई पनि उछिनेको छ। कोरोना संक्रमित धेरै हुने देशको सूचीमा अब भारत विश्वकै दोस्रो भएको छ। पहिलो नम्बरमा अमेरिका छ।

भारतमा दैनिक ८० हजारभन्दा बढी कोरोना संक्रमित थपिन्छन्। पछिल्लो २४ घण्टामा त्यहाँ ९० हजार ६३२ जना कोरोना संक्रमित थपिएका छन्।

दैनिक संक्रमणका हिसाबमा यो अहिलेसम्मकै बढी हो। योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १३ हजार ८११ पुगेको छ।

करिब १ अर्ब ३८ करोड जनसंख्या भएको देश भारतमा दैनिक १० लाखको हाराहारीमा कोरोना परीक्षण हुन्छ।

संक्रमणसँगै भारतमा मृत्युदर पनि उच्च छ। पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ६५ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म भारतमा ७० हजार ६२६ कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

मृत्युका हिसाबले भने भारत तेस्रो स्थानमा छ। पहिलो र दोस्रो स्थानमा क्रमशः अमेरिका र ब्राजिल छन्।

प्रकाशित: Sep 07, 2020| 07:53 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।