शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्टाफ नर्ससहित गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना पुष्टि

स्टाफ नर्ससहित गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना पुष्टि

दुई जना स्टाफ नर्ससहित गण्डकी प्रदेशमा सोमबार बिहान थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

पोखरा- दुई जना स्टाफ नर्ससहित गण्डकी प्रदेशमा सोमबार बिहान थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कास्कीको पोखरा महानगरपालिकामा ३१ जना, गोरखाको गोरखा नगरपालिकामा १६ जना, नवलपरासी देवचुली नगरपालिकामा १४ जना, तनहुँको व्यास नगरपालिकामा ३ जना, गोरखाको पालुङ्गटार नगरपालिकामा २ जना, नवलपरासीको गैँडाकोट नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार कास्कीमा थपिएकामध्ये ४ जना पोखरा महानगरपालिका स्थित पृथ्वीचोकमा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी छन् । जसमा २६ र २३ वर्ष उमेरका २ जना स्टाफ नर्स हुन् भने ३६ र २७ वर्ष उमेरका दुईजना महिला सहयोगी कर्मचारी हुन् ।

यस्तै, नवलपरासीको देवचुली नगरपालिका १२ का ४० वर्षीय पुरुष पनि स्वास्थ्यकर्मी रहेको निर्देशनालयले जानकारी दिएको छ।

योसँगै प्रदेशमा संक्रमितहरूको कुल संख्या दुई हजार ५९८ पुगेको छ।

प्रकाशित: Sep 07, 2020| 07:11 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।