शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तीन वर्षदेखि मुटु रोगबाट ग्रसित पुरुषको कोरोनाबाट मृत्यु !

तीन वर्षदेखि मुटु रोगबाट ग्रसित पुरुषको कोरोनाबाट मृत्यु !

तीन वर्षदेखि मुटु रोगसँग जुध्दै आएका बाँकेका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

नेपालगन्ज- तीन वर्षदेखि मुटु रोगसँग जुध्दै आएका बाँकेका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका– ९ का ५९ वर्षीय पुरुषको आइतबार राति ८ बजेर ३० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । उनी तीन वर्षदेखि मुटु रोगसँग जुध्दै आएको उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षणका लागि भदौ १३ गते स्वाब लिइएको थियो । १५ गते पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

त्यसपछि उनी इन्द्रेणी होटलको आइसोलेसनमा सेन्टरमा बसेका थिए । स्वास्थ्य समस्या बढेपछि उनको १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा आइतबार राति मृत्यु भएको हो ।

योसँगै बाकेमा कोरोना सक्रमितबाट मत्यु हुनेको संख्या ७ पुगेको छ ।

 

प्रकाशित: Sep 07, 2020| 06:48 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।