शुक्रबार, भदौ १२, २०८३

एकै गाउँका ४ जना बालबालिका सम्पर्कविहीन

सोलुखुम्बु माप्य दूधकोशी गाउँपालिका वडा नम्बर २ बासाका चार बालबालिका सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार शनिबार साँझ ५ बजेदेखि उनीहरु सम्पर्कविहीन छन् ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

सोलुखुम्बु माप्य दूधकोशी गाउँपालिका वडा नम्बर २ बासाका चार बालबालिका सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार शनिबार साँझ ५ बजेदेखि उनीहरु सम्पर्कविहीन छन् ।

स्थानीयवासी कृष्णबहादुर राईका छोरा १२ वर्षीय तुषण र आठ वर्षीय सुदीप, सोही गाउँका आङछिरी राईका सात वर्षीय छोरा फ्रान्सिस र साढे दुई वर्षीया छोरी सिजल बेपत्ता छन्। साँझपख खेल्न भनी घरबाट निस्केका उनीहरु नफर्किएको बासाखाली माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमारराज श्रेष्ठले जानकारी दिए।

उनका अनुसार शनिबार साँझदेखि गाउँलेले खोजी जारी राखे पनि हालसम्म अवस्था पत्ता लागेको छैन । उनीहरुलाई देख्ने जो कोहीले ९८४४६६०५०८ मा सम्पर्क गरी खबर गरिदिन परिवारले अनुरोध गरेको छ ।
रासस

प्रकाशित: Sep 07, 2020| 05:58 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।