शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्सामा ५ महिलासहित २४ जना संक्रमित थप, ५७ जना संक्रमणमुक्त

पर्सामा ५ महिलासहित २४ जना संक्रमित थप, ५७ जना संक्रमणमुक्त

पर्सामा ५ महिलासहित थप २४ जनामा कोरोना पुष्टि भएको छ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

पर्सा- पर्सामा ५ महिलासहित थप २४ जनामा कोरोना पुष्टि भएको छ।

नारायणी अस्पतालको पीसीआर ल्याबका अनुसार वीरगंज महानगरपालिकामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै जगरनाथपुर र कालिकामाई गाउँपालिकामा १-१ जनामा संक्रमण पुष्टि भएको छ।

महानगरमा संक्रमित हुनेमा वडा नम्बर १२, १४, १५ मा ३-३ जना, वडा नम्बर ९ र २५ मा २-२ जना त्यसैगरी वडा नम्बर ३, ६, ८, १०, १३, १९, २०, २१ र २४ मा १-१ जना संक्रमित थपिएको अस्पतालका चिकित्सक डा. अतुलेश चौरसियाले जानकारी दिए।

पर्सामा हालसम्म ५३६ महिलासहित २ हजार ४०१ संक्रमित पुगेका छन्। जसमध्ये २४ जना भारतीय, १३८ जना स्वास्थ्यकर्मी, १२३ जना सुरक्षाकर्मी, १५ जना पत्रकार, १०७ जना कैदी तथा थुनुवा, ४९ जना सरसफाईकर्मी र ३ जना एम्बुलेन्स चालक छन्।

संक्रमितमध्ये नारायणी कोभिड-१९ अस्पताल गण्डकमा ५ जना आइसीयु गरेर ९ महिलासहित ४६ जना, नारायणी कोभिड–१९ अस्पताल वीरगंज हेल्थ केयरमा ९ जना आइसीयुमा गरेर ४ महिलासहित १६ जना उपचारत छन्।

५७ जना कोरोना संक्रमणमुक्त

यसैगरी आज पर्सामा ५७ जना कोरोना संक्रमण मुक्त भएका छन्।

पर्साको गण्डक हस्पिटलबाट ११ जना, वीरगंज हेल्थकेयरबाट १३ जना पर्सागढीबाट ११ जना होटल विजय ज्योतिबाट १ जना, रानीपोखरी होटलबाट ३ जना, बहुदरमाई नगरपालिकाबाट ५ जना, पोखरिया नगरपालिकाबाट ८ जना, नारायणी एफएमबाट ५ जनागरी ५७ जना संक्रमणमुक्त भएको स्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए। योसहित पर्सामा १४ सय ६९ जना कोरोना संक्रमण मुक्त भइसकेका छन्।

प्रकाशित: Sep 06, 2020| 20:10 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।