शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चौधरी ग्रुपको चाउचाउ कम्पनीमा कार्यरत ४२ जनामा कोरोना पुष्टि

चौधरी ग्रुपको चाउचाउ कम्पनीमा कार्यरत ४२ जनामा कोरोना पुष्टि

बर्दियामा रहेको चौधरी ग्रुपको चाउचाउ उत्पादन गर्ने उद्योग सिजी फुड्समा कार्यरत ४२ जनामा कोरोना पुष्टि भएको छ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

बर्दिया- बर्दियामा रहेको चौधरी ग्रुपको चाउचाउ उत्पादन गर्ने उद्योग सिजी फुड्समा कार्यरत ४२ जनामा कोरोना पुष्टि भएको छ।

बर्दियामा आज कोरोना पुष्टि भएका ४३ जनामध्ये ४२ जना बाँसगडीमा रहेको सिजी फुड्स कम्पनीमा कार्यरत कर्मचारी हुन्।

उनीहरुको भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा परीक्षण गरिएको थियो। संक्रमण पुष्टि भएकामध्ये ३४ जना बाँसगढी नगरपालिकाका, चार जना बढैयाताल गाउँपालिका र पाँच जना बर्दिया जिल्ला बाहिर ठेगाना रहेका छन्।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार संक्रमित पुष्टि भएकामध्ये २९ जना महिला छन्।

यसअघि सोही कम्पनीमा कार्यरत दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको कन्याक्ट ट्रेसिङ गर्दा यति धेरैजनामा संक्रमण देखिएको प्रमुख गिरीले बताए।

एकैदिन धेरैजनामा संक्रमण पुष्टि भएपछि कोभिड १९ संकट व्यवस्थापन समितिको वैठक बसिरहेको र बाँसगढी नगरपालिका सिल गर्ने तयारी भैरहेको उनले जानकारी दिए।

यो सँगै बर्दियामा कुल संक्रमितहरुको संख्या ४०७ पुगेको छ।

प्रकाशित: Sep 06, 2020| 18:45 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।