शुक्रबार, भदौ १२, २०८३

२६ किलो लागुऔषधसहित पाँच जना पक्राउ

कर्णाली प्रदेशका विभिन्न स्थानबाट २६ किलो लागुऔषध (अफिम) सहित पाँच जना पक्राउ गरेको छन्।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

सुर्खेत- कर्णाली प्रदेशका विभिन्न स्थानबाट २६ किलो लागुऔषध (अफिम) सहित पाँच जना पक्राउ गरेको छन्। रुकुमपश्चिम र जाजरकोटबाट २६ किलो लागुऔषधसहित पाँच जना प्रक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

रुकुमपश्चिमको आठबीसकोट नगरपालिका वडा ५ जलिगार्डबाट नलगाड नगरपालिका-९ जाजरकोटका ३७ वर्षीय प्रेमबहादुर सिंह, ४० वर्षीय मानबहादुर सिंह र ३२ वर्षीय तपबहादुर सिंह १६ केजी लागुऔषध (अफिम) सहित पक्राउ परेका हुन्।

त्यस्तै नलगाड नगरपालिका-२ छेप्काबाट नलगाड नगरपालिका-३ का ४२ वर्षीय मनबहादुर विष्ट र जुम्लाको तातापानी गाउँपालिका–५ का ५५ वर्षीय हरिचन्द्र डाँगीसहित १० किलो लागुऔषध अफिम पक्राउ परेको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट ५१ हजार ९५० रुपैयाँ र दुई थान मोबाइलसमेत नियन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए।

प्रकाशित: Sep 06, 2020| 18:25 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।