शुक्रबार, भदौ १२, २०८३

अब सरकारी प्रयोगशालाले पनि पीसीआरको शुल्क लिन पाउने

अबदेखि सबै सरकारी प्रयोगशालाहरुले शुल्क लिएर कोरोना परीक्षण गर्न पाउने भएका छन्।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

काठमाडौं- अबदेखि सबै सरकारी प्रयोगशालाहरुले शुल्क लिएर कोरोना परीक्षण गर्न पाउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ‘नेशनल टेष्टिङ गाइडलाइन’ मा नपरेका व्यक्तिहरुले पीसीआर परीक्षण गर्न चाहेमा अब शुल्क लिएर परीक्षण गर्न पाउने भएका छन्।

मन्त्रालका अनुसार अस्पतालले आफ्नो क्षमताको ५० प्रतिशत नमुनाहरु शुल्क लिएर परीक्षण गर्न पाउने जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सबै सरकारी प्रयोगशालाले कुल परीक्षण गरिने नमुनाबाट ५० प्रतिशत निःशुल्क र ५० प्रतिशत सःशुल्क परीक्षण गर्न पाउनेछन्।

शुल्क लिएर गरिने परीक्षणका आवश्यक रिएजेन्ट भीटीएम, अस्पताल तथा प्रयोगशाला आफैँले किन्नुपर्ने उनले बताए।

यसअघि उपत्यकामा तीन अस्पताल पाटन, वीर र त्रिवि शिक्षण अस्पतालमा कोरोना शुल्क लिएर परीक्षण गर्न अनुमति दिइएको थियो।

सातै प्रदेशमा एक/एक सरकारी अस्पतालमा स्वेच्छाले परीक्षण गर्न चाहनेका लागि शुल्क लिएर गर्न सकिने मन्त्रालयले तोकेको थियो।

प्रकाशित: Sep 06, 2020| 17:55 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।