शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रेलमार्गको ठेक्का प्रक्रियाविरुद्ध कांग्रेस कार्यकर्ताको प्रदर्शन

रेलमार्गको ठेक्का प्रक्रियाविरुद्ध कांग्रेस कार्यकर्ताको प्रदर्शन

रेलमार्ग निर्माणको ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताहरुले आइतबार राजधानीमा प्रदर्शन गरेका छन्।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

काठमाडौं- रेलमार्ग निर्माणको ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताहरुले आइतबार राजधानीमा प्रदर्शन गरेका छन्।

पूर्व–पश्चिम रेलमार्गको काक्कडभिट्टा–इनरुवा खण्डको ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको भन्दै माइतीघर मण्डलामा कांग्रेस कार्यकर्ताहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।

जग्गा अधिग्रहण नगरी हतारहतार ठेक्का लगाउन लाग्दा चौतर्फी विरोध भइरहेको बेला नेपाली कांग्रेसले पनि अख्तियारलगायतका नियकालाई सत्यतथ्य छानविन गर्न माग गर्दै आएको छ।

सरकार किन मौन ?, अख्तियार किन मौन ?, सर्प पालन की सक्ता पालन प्रधानमन्त्री ज्यू ? जस्ता नारा लेखिएका प्लाकार्ड बोकेर प्रदर्शन गरिएको छ।

कांग्रेस नेता रामचन्द्र पौडेलले रेल मार्गको ठेक्का प्रक्रियामा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिनको माग गरेका थिए।

सिमित कम्पनीले मात्र पाउने गरी ठेक्का खोलिएको भन्दै चौतर्फी विरोध भैरहेको छ।

प्रकाशित: Sep 06, 2020| 17:10 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।