काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।
मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, रुपन्देही र धनुषामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।
त्यस्तै सर्लाही, बारा, पर्सा, रौतहट, मोरङ र सुनसरीमा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
५ जिल्लामा भने सक्रिय संक्रमितको संख्या नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मुस्ताङ, मुगु, हुम्ला, डोल्पा र सोलुखुम्बुमा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ।