शुक्रबार, भदौ १२, २०८३

आज ९८० जनामा कोरोना पुष्टि, १,८१४ डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जसमध्ये २९० महिला र ६९० महिला छन्। योसहित नेपालमा कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ।

हाल १७ हजार २७ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २०१ र होम हाइसोलेसनमा ७ हजार ८२६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए

पछिल्लो २४ घण्टामा नेपाल १० हजार ३८२ जनाको आरटी पीसीआर नमुना परीक्षण गरिएको छ। नेपालमा हालसम्म कुल ७ लाख ६८ हजार ३४५जनाकाे पीसीआर नमुना परीक्षण गरिएकाे छ।

पछिल्लो २४ घण्टामा नेपाल १ हजार ८१४ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २८ हजार ९४१ पुगेको डा. गौतमले बताए। यो ६३ प्रतिशत हो।

यस्तै काेराेनाबाट पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट ९ जनाकाे मृत्यु भएकाे छ। नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे कुल संख्या २८९ पुगेकाे छ।

प्रकाशित: Sep 06, 2020| 16:25 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।