शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा कोरोना संक्रमितको संख्या चार हजार नाघ्यो

प्रदेश १ मा कोरोना संक्रमितको संख्या चार हजार नाघ्यो

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

विराटनगर–प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा १४३ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४ हजार २२ पुगेको छ। आइतबार सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७१ जनामा संक्रमण देखिएको छ। एक महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।

इटहरीमा ५ महिला र २ पुरुष, मोरङको विराटनगरमा ९ महिला १६ पुरुष, सुनबर्षीमा २ पुरुष, जहदा र बुढीगंगामा १–१ महिला संक्रमित भएका छन्।

झापाको बिर्तामोडमा ८ महिला २ पुरुष, कमल गाउँपालिकामा ३ महिला ७ पुरुष, मेचीनगरमा २ महिला ४ पुरुष, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१ महिलामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

संखुवासभाको खाँदबारीमा ३, चैनपुरमा २ र चिचिलामा १ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष र प्रदेश १ बाहिर एक महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ। झापाकी १ महिला र विराटनगरका १ पुरुषको मृत्यु भएको छ। प्रदेश १ मा मृत्यु हुनेको संख्या ४१ पुगेको छ।

प्रदेश १ मा आइतबार ७ जना डिस्चार्ज भएका छन्। उनीहरु सवै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएका हुन। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ८४३ पुगेको छ।

प्रदेश १ मा आइतबार १ हजार २६७ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ३१ महिला र ११२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल सम्म ९८ हजार ४८८ जनाको पीसीआर परीक्षण गरिएको छ।

प्रकाशित: Sep 06, 2020| 16:20 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।