शुक्रबार, भदौ १२, २०८३

बालिका अपहरणमा संलग्न ३ जना पक्राउ

मोरङको पथरीशनिश्चरेबाट १४ वर्षीया बालिकाको अपहरणमा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

विराटनगर–मोरङको पथरीशनिश्चरेबाट १४ वर्षीया बालिकाको अपहरणमा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

अपहरणमा दाइ नाता पर्ने व्यक्तिकै संलग्नता देखिएको प्रहरीले जनाएको छ। बालिका अपहरणमा संलग्न पथरीशनिश्चरे नगरपालिका–८ का २१ वर्षीय सुजन रणपहेलीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने अन्य दुई जनामा पथरीशनिश्चरे–६ का २२ वर्षीय रोमन आचार्य र सुनवर्षी नगरपालिका–६ का ३७ वर्षीय पूर्ण तामाङ छन्।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले अपहरणमा प्रयोग गरिएका को २ च २८८२ र को २ च ३१२१ नम्बरका दुईवटा एम्बुलेन्स पनि नियन्त्रणमा लिइएको जानकारी दिए।

आचार्यको २ च २८८२ र तामाङ अर्को एम्बुलेन्सका चालक हुन्। रणपहेली अपहरित बालिकाको नातामादाजु पर्ने व्यक्ति हुन्।

डीएसपी गिरीले रणपहेलीकै मुख्य योजनामा बालिको अपहरण भएको बताए। अपहरणपछि बहिनीलाई आमाले राख्नदिएको दुई लाख रुपैयाँफुत्काउने योजनाउनको रहेको पाइएको गिरीको भनाइ छ।

प्रकाशित: Sep 06, 2020| 15:50 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।