काठमाडौं– वीरगन्जको नारायणी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सर्लाहीका ३६ वर्षका पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।
नारायणी अस्थायी कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहका अनुसार कोरोना संक्रमित भएका उनी स्वास्थ्य अवस्था गम्भीर भएपछि ६ दिन अगाडि अस्पतालको आईसीयूमा भर्ना भएका थिए।
भर्ना भएको भोलिपल्ट उनलाई प्लाज्मा थेरापी गरिएको थियो। थेरापीपछि केही सुधार देखिए पनि उनको आज बिहान मृत्यु भएको छ।