शुक्रबार, भदौ १२, २०८३

झापाकी कोरोना संक्रमित महिलाको धरानमा मृत्यु

झापाको कन्काई नगरपालिका ३ की ४५ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

काठमाडौं- झापाको कन्काई नगरपालिका ३ की ४५ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ।

अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइरहेकी ती महिलाको आइतबार बिहान पौने ११ बजे मृत्यु भएको प्रष्ठिानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।

कमजोरी, कब्जियत, ज्वरो, श्वासप्रश्वासमा कठिन र परीक्षण गर्दा निमोनियाको समस्या देखिएपछि मेची अस्पतालले रिफर गरेको थियो।

१८ भदौमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकी ती महिलामा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो। महिलामा मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ।

प्रकाशित: Sep 06, 2020| 14:04 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।