शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महिना दिनयता दैनिक सरदर ७ जना कोरोना संक्रमितको मृत्यु

महिना दिनयता दैनिक सरदर ७ जना कोरोना संक्रमितको मृत्यु

साउन ७ गते लकडाउन खुल्दा ४२ जना संक्रमितको मृत्यु भएको थियो भने १८ हजार ९४ जना मानिस संक्रमित थिए।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

काठमाडौं– नेपालमा कोरोना संक्रमण सुरु भएको सात महिनामा हिजो शनिबारसम्ममा २८० जना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो एक महिनायता दिनहुँ संक्रमितको मृत्यु भइरहेको छ।

साउन ७ गते लकडाउन खुल्दा ४२ जना संक्रमितको मृत्यु भएको थियो भने १८ हजार ९४ जना मानिस संक्रमित थिए। चैतदेखि साउनसम्मको लकडाउनको ४ महिनामा मृत्युदर ०.२ प्रतिशत थियो।

तर, साउन ७ गतेयता २३८ जना संक्रमितको मृत्यु भइसकेको छ। अहिले कोरोना सक्रमितको मृत्युदर ०.६ प्रतिशत छ। पछिल्लो एक महिनायता दिनहुँ संक्रमितको मृत्यु एकभन्दा धेरै छ।

साउन २० गतेबाट दिनहुँ संक्रमितको मृत्यु भइरहेको छ। पछिल्लो ३३ दिनमा २२३ जनाको मृत्यु भएको छ। पछिल्लो महिना दैनिक मृत्यु औसतमा ७ जना छ।

नेपालमा पहिलोपटक गग जेठ ३ गते कोरोना संक्रमित सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।

प्रकाशित: Sep 06, 2020| 13:57 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।