शुक्रबार, भदौ १२, २०८३

२६ किलो अफिमसहित पाँच जना पक्राउ

जाजरकोट र रुकुम पश्चिमबाट प्रहरीले २६ किलो अफिमसहित पाँच जनालाई पक्राउ गरेको छ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

काठमाडौं–जाजरकोट र रुकुम पश्चिमबाट प्रहरीले २६ किलो अफिमसहित पाँच जनालाई पक्राउ गरेको छ।

जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कास्थित सडकबाट करिब १० किलो अवैध लागूऔषध अफिम र नगद ५१ हजार ९ सय ६० रुपैयाँसहित दुई जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सोही नगरपालिका–३ बस्ने ४२ वर्षीय मनबहादुर बिष्ट र जुम्ला तातोपानी गाउँपालिका–५ बस्ने ५५ वर्षीय हरिचन्द्र डाँगी छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय जाजरकोट र इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर जाँच गर्ने क्रममा उनीहरुलाई अफिमसहित पक्राउ गरेको हो।

त्यस्तै रुकुम पश्चिम आठबिसकोट नगरपालिका–५ जलिगार्डबाट १६ किलो अफिमसहित तीनज पक्राउ परेका छन्।

नलगार्ड नगरपालिका–९ बस्ने ३७ वर्षीय प्रेमबहादुर सिंहसहित तीन जना पक्राउ परेका हुन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

पक्राउ परेकाहरुका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: Sep 06, 2020| 13:14 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।