शुक्रबार, भदौ १२, २०८३

गोरखामा मृत्युपछि एक महिलामा कोरोना पुष्टि

गोरखाको गोरखा नगरपालिका–७ निवासी ७६ वर्षीय महिलाको निधनपछि कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

काठमाडौं– गोरखाको गोरखा नगरपालिका–७ निवासी ७६ वर्षीय महिलाको निधनपछि कोरोना संक्रमण पुष्टि भएको छ।

मृत महिलामा कोभिड–१९ को संक्रमण पुष्टि भएको गण्डकी प्रदेश, जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक सपना सुवदीले जानकारी दिइन्।

शनिबार अचेत अवस्थामा गोरखा अस्पताल ल्याइएकी उनलाई मस्तिष्कघात भएको अस्पतालले जनाएको छ।

मृत्युपछि कोरोना परीक्षण गर्दा पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। योसहित गण्डकीमा कोभिड –१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ।

प्रकाशित: Sep 06, 2020| 11:54 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।