शुक्रबार, भदौ १२, २०८३

आज तानिने भयो रातो मत्स्येन्द्रनाथको रथ

झडपसँगै रोकिएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने कार्य आज हुने भएको छ । आज दिउँसो ४ बजे पुल्चोकबाट करिब २० मिटर टाढा रहेको सोह्रखुट्टे पाटीसम्म तानिने भएको हो ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

काठमाडौँ- झडपसँगै रोकिएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने कार्य आज हुने भएको छ । आज दिउँसो ४ बजे पुल्चोकबाट करिब २० मिटर टाढा रहेको सोह्रखुट्टे पाटीसम्म तानिने भएको हो ।

कोरोनाको महामारीसँगै लगाइएको निषेधाज्ञालाई वेवास्ता गर्दै भदौ १८ गते बिहीबार स्थानीयको ठूलो भीडसहित रथ तान्ने प्रयास भएको थियो।

उक्त भिडलाई रोक्ने प्रयास गरेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । उक्त झडपपछि रोहिएको रथ आज केहि मिटर मात्रै तान्न लागिएको हो ।

रथ तान्ने दिनलाई पाटनबासीले ‘छोय्ला बु’ भनी पर्वको रुपमा मनाउने गर्छन् । परम्पराअनुसार ‘छोय्ला बु’ पुल्चोकबाट रथ गाःबहाल पुगेपछि गाःबहाल क्षेत्र वरिपरिका टोलबासी, सुन्धारा र लगनखेल पुगेपछि आ–आफ्नो क्षेत्रका बासिन्दाले मनाउँछन् ।

तर, यस वर्ष कोभिड–१९ का कारणले गाःबहाल, सुन्धारा र लगनखेल क्षेत्रका सबैले आइतबार मनाएका छन् ।

यस वर्ष नरिवल खसाल्ने र भोटो भने नदेखाइने भएको छ । रथ यात्रा गर्न शनिबार मत्स्येन्द्रनाथका पुजारी, बाराही, यँवाल गुठीयार, धकुले छुट्टाछुट्टै रुपमा क्षमापूजा गरेका थिए ।

प्रकाशित: Sep 06, 2020| 11:51 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।