शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सस्तोमा सुन बेच्ने सपना देखाएर काठमाडौंमै यसरी लुटियो साढे १३ लाख

सस्तोमा सुन बेच्ने सपना देखाएर काठमाडौंमै यसरी लुटियो साढे १३ लाख

बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित आनीगुम्बा नजिकै ‘सुन किन्न’ गएका उदयपुर चौदण्डीका निराहाङ राई लुटिएका हुन्।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

काठमाडौं- सस्तोमा सुन बेच्ने सपना देखाएर काठमाडौंको कपनमा एक जनाबाट साढे १३ लाख रुपैया लुटिएको छ।

बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित आनीगुम्बा नजिकै ‘सुन किन्न’ गएका उदयपुर चौदण्डीका निराहाङ राई लुटिएका हुन्। घट्ना बिहीबार साँझको हो।

सस्तोमा बेच्ने भन्दै बोलाएर आनीगुम्बा नजिकैबाट लुटेरा समूहले उनको साथमा रहेको १३ लाख ५० हजार लुटेका हुन्।

लुट्ने समूहका मुख्य योजनाकार रुवेन लामासहित ५ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नवीन कार्कीले जानकारी दिए।

कार्कीका अनुसार सानो टुक्रा सक्कली सुन देखाएर विश्वासमा पारेपछि रुवेनले निराहाङलाई पैसा लिएर गुम्बानजिक आउन भनेका थिए।

गुम्बानजिक पुग्नासाथ रुवेनको समूहका चारजनाले निराहाङको साथमा रहेको झोला खोसेर भागेको उनले जानकारी दिए।

अपराध महाशाखा र प्रहरी वृत बौद्धको टोलीले लुटपाटमा संलग्न सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय विष्णु थापा, सिन्धुपाल्चोक जुगलका २७ वर्षीय मेखबहादुर तामाङ, २८ वर्षीय रुवेन लामा गोले, २३ वर्षीय आकाश स्याङ्वो र सर्लाही हरिवन घर भइ कपन बस्ने विशाल लामालाई पक्राउ गरेको छ।

लुटेको पैसाले मकलवारी बस्ने सो समूहका मेखबहादुरले प्रदेश–३–०२–०१३प ३३८० नम्बरको पल्सर मोटरसाइकल किनेको प्रहरीले जनाएको छ। लुटपाटमा प्रयोग भएको बा २४ प २८६७ नम्बरको पल्सर मोटरसाईकल पनि प्रहरीले बरामद गरेको छ ।

सो समूहले गोकर्णेश्वर नपा–१ नयाँपाटीस्थित रुपा गुरुङको घरबाट चोरी गरेर लुकाई राखेको ४ लाख ६३ हजारसहित उनीहरुको डेरा कोठाबाट ८ लाख ७ हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

लुटपाटमा संलग्न सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३२ वर्षीय सुजन बिक फरार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 06, 2020| 10:47 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।