शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखराका २ स्टाफ नर्ससहित गण्डकीमा थप ६९ जनामा कोरोना पुष्टि

पोखराका २ स्टाफ नर्ससहित गण्डकीमा थप ६९ जनामा कोरोना पुष्टि

पोखरा अमरसिंहचोकस्थित पार्कल्याण्ड अस्पतालमा कार्यरत २ नर्ससहित गण्डकी प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

पोखरा- पोखरा अमरसिंहचोकस्थित पार्कल्याण्ड अस्पतालमा कार्यरत २ नर्ससहित गण्डकी प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये पोखरा महानगरका मात्रै २० जना रहेको गण्डकी प्रदेश निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार स्याङजा पुतली बजारका २२ जना, तनहुँमा ७, नवलपरासीमा १३ जना, बागलुङमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी लमजुङको रिलायन्स फाइनान्समा कार्यरत २ कर्मचारी, कावासोतीमा २ र बुलिंगटारका १ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । साथै, गोरखामा २ जना भेटिएका छन् । सबैलाई आइशोलेसनमा लैजाने तयारी भइरहेको छ ।

यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार ५१६ पुगेको छ ।

प्रकाशित: Sep 06, 2020| 10:34 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।