शुक्रबार, भदौ १२, २०८३

पर्सा र बारामा बैंकरसहित थप २६ जनामा कोरोना पुष्टि

वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको पिसीआर परिक्षणमा पर्सा र बारामा थप २६ जनामा संक्रमण देखिएको हो ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

वीरगन्ज- बारा र पर्सामा बैंकरसहित थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको पिसीआर परिक्षणमा पर्सा र बारामा थप २६ जनामा संक्रमण देखिएको हो ।

शनिबार राति प्रयोगशालामा ५ सय १० जनाको स्वाबलाई पिसिआर परिक्षण गर्दा पर्सका २४ र बाराका २ जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

संक्रमित हुनेमा १४ वर्षीदेखि ६४ वर्षका रहेका छन् । जसमा ५ जना महिला र २१ जना पुरूष रहेको उनले बताए ।

२६ जनामध्ये जिन एक्स्पर्ट प्रविधिबाट परिक्षणमा एक जना कोरोना संक्रमण पुष्टि भएको हो । पर्साका २४ जनामा वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका २२ जना संक्रमित थपिएका छन् ।

जसमध्ये वीरगन्जमा रहेको नबिल बैंकका ५ जना कर्मचारीमा पनि कोरोना पोजिटिभ देखिएको छ भने वीरगन्ज स्थित कृषि औजार कारखानामा रहेका २ जना शस्सत्र प्रहरी संक्रमित रहेका छन् ।

पर्साको कालिकामाई गाउँपालिकाको वडा नं ४ का एक जना ५३ बर्ष पुरूष र जगरनाथपुर गाउँपालिका वडा नं ४ की १६ वर्षीय बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित: Sep 06, 2020| 08:27 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।