शुक्रबार, भदौ १२, २०८३

पाल्पामा जिपको ठक्करबाट पैदल यात्रुको मृत्यु

पाल्पाको रम्भा गाउँपालिका–५ मुडुलीचौपारीमा शनिबार बलेरो जिपको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

पाल्पा- पाल्पाको रम्भा गाउँपालिका–५ मुडुलीचौपारीमा शनिबार बलेरो जिपको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही स्थानका ६० वर्षीय भुपालसिंह राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मदन गिरीले बताए।

आर्यभञ्ज्याङबाट रामपुरतर्फ जाँदै गरेको ना ३ च ८८०८ नम्बरको बलेरो जीप अनियन्त्रित भई पैदलयात्रुलाई ठक्कर दिँदा राना गम्भीर घाइते भएका थिए।

घाइते रानाको प्रथामिक स्वास्थ्य केन्द्र तनहुँमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक गिरीले बताए। –रासस

प्रकाशित: Sep 06, 2020| 07:22 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।