काठमाडौं- काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ झ्याङ्गाझिटीमा एक ब्यक्तिले आफ्नै बाबुआमामाथि खुकरी प्रहार गरेका छन् ।
घरायसी विवादका कारण ३२ वर्षीय छोरा श्री तामाङले ४८ वर्षीया आमा विष्णु तामाङ र ५३ वर्षीय बुबा श्याम कुमार तामाङमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
आफ्नै छोराले हानेको खुकुरीबाट बाबुआमा नै गम्भीर घाइते भएका छन् । उनीहरुलाई अस्पताल लगिएको छ भने छोरा पक्राउ परेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
आइतबार बिहानीपख भएको घटनाका विषयमा अनसुन्धान थालिएको प्रहरीले जनाएको छ ।