शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा कोरोनाबाट एकै दिनमा ९० हजार संक्रमित, मृतकको संख्या ७० हजार नाघ्यो

भारतमा कोरोनाबाट एकै दिनमा ९० हजार संक्रमित, मृतकको संख्या ७० हजार नाघ्यो

 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

काठमाडौं- अहिलेसम्मका सबै रेकर्ड ताड्दै भारतमा एकै दिनमा ९० हजारभन्दा धेरै कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

पछिल्लो एक महिना यता हरेक दिन विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित थपिने गरेको भारतमा पछिल्लाे २४ घण्टामा ९० हजार ६ सय जनामा कोरोना पुष्टि भएको हो । १ हजार ४४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ४० हजार ७ सय ४८ जना संक्रमित हुँदा ७ सय ७ जनाको मृत्यु भएको छ । ब्राजिलमा ३१ हजार १ सय ९९ जनामा संक्रमण पुष्टि हुँदा ६ सय १९ जनाको मृत्यु भएको छ ।

अमेरिका र ब्राजिलमा भन्दा पछिल्लो एक महिना यता प्रत्येक दिन भारतमा धेरै संक्रमित भेटिने गरेको छ।

यसअघि शुक्रबार भारतमा ८७ हजार ११५ जनामा संक्रमण पुष्टि भएको थियो भने अमेरिकामा ५२ हजार ८ सय ५३ र ब्राजिलमा ४५ हजार ६ सय ५१ जना संक्रमित भएका थिए ।

भारतमा अहिलेसम्म कोरोनाबाट ४१ लाख १० हजारभन्दा धेरै संक्रमित भएका छन् भने ७० हजार ६ सय ७९ जनाको मृत्यु भएको छ ।

सबैभन्दा धेरै संक्रमित र मृत्यु भने महाराष्ट्र राज्यमा भएको छ । जहाँ कोरोनाबाट ८ लाख ८३ हजार ८ सयभन्दा धेरै संक्रमित भएका छन् भने २६ हजार २ सय ७६ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Sep 06, 2020| 06:57 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।