काठमाडौं- जल तथा मौसम विज्ञान विभागले गोरखाको बारपाक क्षेत्रका विगत तीन घण्टादेखि भीषण वर्षा भइरहेकाले सजग हुने आसपास र तटीय क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ।
विभागले शनिबार राति सबा १० बजे ट्विट गर्दै बारपाक र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टा अति भारी वर्षा भभइरहेको र तत्काल नरोकिने सम्भावना रहेको जनाएको हो।
विभागले भनेको छ, 'साना खोलाहरुमा एक्कासि बाढी आउन सक्ने र भिरालो,कमजोर जमिन भएको ठाउँमा पहिरो जान सक्ने सतर्क रहौं।'