शुक्रबार, भदौ १२, २०८३

चन्द समूहका नेता अस्पतालबाटै पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै गिरफ्तार भएका छन्।
 |  शनिबार, भदौ २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०७७

चितवन- नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै गिरफ्तार भएका छन्। भरतपुर अस्पतालमा उपचाररत उनलाई प्रहरीले आज (शपनबार) अपराह्न गिरफ्तार गरेको छ।

उनलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेसँगै प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले धनुषामा विरहीविरुद्ध मुद्धा भएकाले नियन्त्रणमा लिइएको जानकारी दिए।

उनले भने, ‘अस्पतालले डिस्चार्ज गरेसँगै नियन्त्रणमा लिएका हौँ, उहाँलाई धनुषा पठाउँछौँ।’

जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर उनलाई प्रहरी कार्यालय पुर्याइएको छ। धनुषा प्रहरीसँग समन्वय भइरहेकाले विरहीलाई धनुषा नै पठाइने प्रवक्ता थापाले जानकारी दिए।

नेता विरही वैशाखदेखि नै भरतपुर अस्पतालमा उपचाररत थिए। घरमा काम गर्दा लडेपछि ढाडमा समस्या हुँदा विरही उपचारका लागि पुरानो मेडिकल कलेज भर्ना भएका थिए।

सोही बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएर सो अस्पताल पुर्याएको थियो। नेता विरही विप्लव समूहका प्रभावशाली नेताका रुपमा चिनिन्छन्। रासस

प्रकाशित: Sep 05, 2020| 19:50 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।